व्यक्ति विशेषले गरेको कारोबारमा संस्थालाई स्पष्टीकरण सोधेको भन्दै सांसदहरूले चासो देखाएका छन् ।
धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानकी छोरीको सर्वोत्तम सिमेन्टमा भएको कारोबारका सम्बन्धमा धितोपत्र बोर्डलाई साेधिएको स्पष्टीकरणप्रति संसदीय समितिले चासो राखेको हो ।
आइतबार प्रतिनिसभाअन्तर्गतको अर्थ समितिमा भएको छलफलमा बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई सोध्नुपर्नेमा धितोपत्र बोर्डलाई सोधिएको भन्दै सांसदहरू असन्तुष्टि जनाए । व्यक्ति विशेषले गरेको कारोबारमा बोर्डलाई स्पष्टीकरण सोधिनु उपयुक्त नभएको सांसद रामकुमारी झाक्रीले बताइन् । उनले अहिले भएको इन्साइडर कारोबारको मौजुदा कानुनी प्रकियाअनुसार अनुसन्धान गर्नुपर्ने र अबका दिनमा कानुन नै सुधार गर्न आवश्यक रहेको बताइन ।
बुक विल्डिङमा आउन थालेको सर्वोत्तम सिमेन्टको इन्साइडर कारोबार गरेको पाइएको थियो । बोर्ड अध्यक्ष ढुंगानाकी छोरीको नाममा १० हजार कित्ता सेयर खरिद गरेको पाइएपछि अर्थ मन्त्रालयले बोर्डका नाममा स्पष्टीकरण पेस गर्न पत्र काटेको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।