• ४ जेठमा स्थानीय तहको निर्वाचन, १२ अर्ब बढी खर्च हुने अनुमान

  • स्थानीय तहको निर्वाचन ४ जेठ २०७९मा गर्ने तयारी गरिएको छ  । निर्वाचन आयोगसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले ४ जेठको प्रस्ताव गरेसँगै आयोग त्यही मितिमा गर्न सहमत भएको छ ।

    बालुवाटारमा मंगलबार आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीले भेट गरेका थिए ।

    स्थानीय निर्वाचन ऐन अनुसार नै चुनाव गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको थियो । शनिबार सत्तारुढ दलले जेठमा निर्वाचन गर्ने निर्णय लिएका थिए ।

    स्थानीय तहको निर्वाचन गर्नको लागि १२ अर्ब रुपैयाँ बजेट लाग्ने निर्वाचन आयोगको अनुमान रहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय