• किन गएका थिए देउवा सिधै भाजपा कार्यालय

  • प्रधानमन्त्री शेरबहादुर देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको कार्यालयमा जानु कूटनीतिक मर्यादा विपरीत नरहेको दाबी पररराष्ट्रमन्त्री डा. नारायण खड्काले
    गरेका छन् । उनले कांग्रेस पार्टीको सभापतिको हिसाबले देउवा कार्यालय गएको उनको प्रष्टोक्ति छ ।
    ‘यो (भाजपा कार्यालय भ्रमण) कूटनीतिक मर्यादाभित्र नरहेको भन्ने कुरा ठिक होइन । उहाँ प्रधानमन्त्रीको रूपमा नभएर नेपाली कांग्रेसको आदरणीय सभापति भएको नाताले भाजपा कार्यालय जानुभएको हो ।’भारतबाट फर्केपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. खड्काले भने ।

    अन्य देशका पार्टीहरूसँग पनि कांग्रेसले मैत्रीपूर्ण सम्बन्ध राख्ने बताउदै खड्काले चीनको कम्युनिस्ट पार्टीसँग पनि कांग्रेसको राम्रो सम्बन्ध रहेको बताए ।

    ‘पार्टी टु पार्टी सम्बन्ध विस्तारको नाताले जानुभएको हो,’ उनले भने ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताका क्रममा देउवा पछाडिको कुर्सी खाली देखिएकोबारे पनि पत्रकारले जिज्ञासा राखेका थिए । परराष्ट्रमन्त्री खड्काले मोदीले भाषा अनुवादका लागि मात्रै पछाडि कर्मचारी राखेको बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय