• नेपाल आयल निगममा थानी

  • सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा इन्जिनियर उमेश थानीलाई नियुक्त गरेक‍ो छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले थानीलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

    कार्यकारी निर्देशक नियुक्त गर्न गठित सिफारिस समितिले थानीससहित तीन जनाको नाम सिफारिस गरेको थियो । थानी, विशेष आर्थिक क्षेत्र (सेज) का कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र पूर्व सहसचिव जीवनप्रकाश सिटौलको नाम सिफारिस गरिएको थियो ।

    थानी कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष हुन् । उनी यसअघि नेपाल विद्युत प्राधिकरण सञ्चालकसमेत भएका थिए

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय