• नौ बालबालिकालाई नई बाल पुरस्कार

    २०७८ बैशाख १५, बुधबार १४:०८ मा प्रकाशित
  • काठमाडौं । यस वर्षको नइ नई बाल पुरस्कार नौ जना बालबालिकालाई समर्पण गर्ने घोषणा गरेको छ । पन्ध्र वर्ष ननाघेका बालबालिकालाई यो पुरस्कार प्रदान गरिने सो प्रकाशनले जनाएको छ ।

    नइ प्रकाशनले साहित्यतर्फ श्री सुविन रिमाल, चित्रकलातर्फ श्री देभान्स अग्रवाल, सङ्गीततर्फ सुश्री सफलता श्रेष्ठ, नृत्यतर्फ सुश्री अदिति उपाध्याय र खेलकुदतर्फ श्री ऋषान्त घिमिरेलाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरिने भएको छ ।

    त्यसै गरी सुश्री सोइना दाहाललाई ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । यी सबै पुरस्कार बिजेतालाई ताम्रपत्रका साथै जनही १० हजार रुपियाँ राशिका हुनेछन् ।
    नइ प्रकाशनले दस वर्ष ननाघेका श्री समीर डङ्गोललाई सङ्गीत र सुश्री युकी कुँवरलाई नृत्यतर्फको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ समर्पण गर्ने भएको छ । ताम्रपत्रसहितको यी दुवै पुरस्कारमा जनही ७ हजार रुपियाँ प्रदान गर्ने भएको छ ।

    त्यसै गरी पाँच वर्षीय सुश्री दृश्ना महर्जनलाई ताम्रपत्रका साथै पाँच हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ समर्पण गरिने भएको छ । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

    सिफारिस
    लोकप्रिय