• ‘ गोल्डेन डान्सिङ्ग मोड्लिङ्ग आइकन २०८१ सिजन–२’ को फाइनल जेठ ७ गते हुने

  • गोविन्द भुसाल, बुटवल ।

    रुपन्देहीमा गोल्डेन स्टार कलाकेन्द्र तिलोत्तममा -५, मणिग्रामको आयोजनामा ‘ गोल्डेन डान्सिङ्ग मोड्लिङ्ग आइकन २०८१ सिजन–२’ हुने भएको छ । यस सिजनमा डान्सिङ्ग र मोड्लिङ्ग गरि दुई विधामा फरक फरक प्रतिस्पर्धा हुनेछ ।

    ‘‘नृत्य हाम्रो अभियान कला र संस्कृतिको पहिचान’’ भन्ने नाराका साथ दोस्रो संस्करण गर्न लागिएको गोल्डेन स्टार कलाकेन्द्रकि अध्यक्ष तृष्णा श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले कला संस्कृतीको जगेर्ना, नव प्रतिभाको खोजी, प्रतिभाको सम्मान र प्रतियोगीको पहिचान गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार आइडलको अडिसनहरु बैशाख गते देखि जेठ गतेसम्म रुपन्देही जिल्लाका विभिन्न ठाउँहरुमा गरिएको छ ।

    यस्तै फाइनल प्रतिस्पर्धा भने जेठ ७ गते बुटवलको कालिकानगर अवस्थित वस्ट्रन एसियन होटलमा हुनेछ । ‘गोल्डेन डान्सिङ्ग मोड्लिङ्ग आइकन २०८१ सिजन–२’ को बैशाख १९ र २० गते अडिसन गरिएको थियो भने अडिसन राउन्डमा ५० भन्दा बढीको सहभागीता रहेको थियो । अडिसन राउन्डबाट वर्कशप राउन्ड हुँदै दुबै विधाका टप ८/८ प्रतिस्पर्धीहरु फाइनलमा प्रवेश गरेका छन् । ‘गोल्डेन डान्सिङ्ग मोड्लिङ्ग आइकन २०८१ सिजन–२’ तर्फको डान्सिङ्ग प्रतियोगिता जित्नेले पन्ध्र हजार रुपैंया पुरस्कार, ट्रफि, चेक र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुनेले, दस हजार र प्रमाणपत्र तथा तेस्रो हुनेले पाँच हजार, प्रमाणपत्र पुरस्कार पाउनेछ भने सान्त्वना पुरस्कार तीन हजार तथा प्रमाणपत्र तथा बेस्ट डान्सरले एक हजार पाँच सय र प्रमाणपत्र पाउनेछन् ।

    यस्तै मोड्लिङ्ग विधा तर्फ विजेता हुनेले पन्ध्र हजार रुपैंया पुरस्कार, क्रराउन, चेक र प्रमाणपत्र पाउनेछ । दोस्रो हुनेले, दस हजार र प्रमाणपत्र तथा तेस्रो हुनेले पाँच हजार, प्रमाणपत्र पुरस्कार पाउनेछ भने सान्त्वना पुरस्कार तीन हजार तथा प्रमाणपत्र पाउनेछन् ।

    यस्तै कार्यक्रममा विशिष्ट अतिथिहरु संगै राष्ट्रिय कलाकारहरुको समेत बेजोड प्रस्तुति हुनेछ भने कार्यक्रम संचालन सुमन श्रेष्ठ र युवराज पराजुलीले गर्नेछन् । साथै यसै कार्यक्रममा स्थानीय आइडल आइकन डान्सरहरुको पनि सो डान्स हुने कार्यक्रम संयोजक सीता पाण्डेले जानकारी दिनुभयो ।

    गोल्डेन डान्सिङ्ग मोड्लिङ्ग आइकनको सिजन -१ मा श्रेया गैरे विजेता हुँदै नगद तीस हजार,ट्रफि,चेक, विभिन्न गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरेको गोल्डेन स्टार कलाकेन्द्रकि अध्यक्ष तृष्णा श्रेष्ठले बताउनुभयो । यस्तै अध्यक्ष श्रेष्ठका अनुसार ‘ गोल्डेन डान्सिङ्ग मोड्लिङ्ग आइकन सिजन–२’ बाट आएको केही रकम नृत्य क्षेत्रमा योगदान दिनुभएको संगसंगै दुखीपीडितहरु,अनाथ बालबालिका,बृद्ध आश्रमहरुमा रहनुभएका आमाबुबाहरुलाई पनि सहयोग गर्ने बताउनुभयो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय