• पृथ्वी माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सरस्वती घिमिरे सर्वसम्मत निर्वाचित

    २०७९ फाल्गुन १८, बिहीबार १८:२४ मा प्रकाशित
  • गुल्मी
    पृथ्वी माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरस्वती घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका — ३ मैदानमा रहेको विद्यालयले बुधबार अभिभावकको भेलाबाट नँया समिति गठन गरेको हो । विद्यालयमा ६५ प्रतिशत अभिभावको उपस्थितमा उहाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको विद्यालयका प्रधानाध्यपक चन्द्रबहादुर पाण्डेले जानकारी दिनुभयो ।

    घिमिरेको अध्यक्षतामा ९ सदस्य कार्य समिति गठन भएको छ । जसको सदस्यमा तुल्सी रायमाझी, रुपा विश्वकर्मा, जमुना जि.सी. शारदा घिमिरे, रेखा वि.क प्रधानाध्यपक चन्द्र बहादुर पाण्डे, शिक्षक प्रतिनिधि बावुराम घिमिरे, पदेन सदस्य वडाध्यक्ष शंकर रायमाझी रहनुभएको छ ।

    जसमा अभिभावक संघको अध्यक्ष पूर्वशिक्षक यम बहादुर थापाको अध्यक्षतामा ९ कार्य समिति गठन भएको छ । विद्यालय व्यवस्थापन समितिको कार्यअवधि ३ वर्ष हुने गर्दछ । पुरानो समितिको कार्यअवधि समय पुरा भएपछि नँया समिति गठन गरिएको हो ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरस्वती घिमिरेले आफू पहिले देखी विद्यालय संग नजिक रहेर काम गरेको अनुभव रहेको हुँदा विद्यालयमा भएका समस्याहरुलाई समधान गर्ने बताउनुभयो । विद्यालयमा गुणस्तरीय शिक्षा, भौतिक पुर्वाधारको क्षेत्रमा काम गर्ने बताउनुभयो । आफ्नो ३ वर्षिय कार्यकाल सफल र शिक्षाको क्षेत्रमा उदारणीय काम गर्ने प्रतिवद्धता समेत ज्ञापन गर्नुभएको छ ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष घिमिरेले यस भन्दा पहिले मुसिकोट नगरपालिकाको कार्यपालिका सदस्य पदमा रहेर काम गरेको उहाँमा अनुभव छ । साथै शौक्षिक क्षेत्रको विकासको निम्ती उहाँले चासोका साथ यस भन्दा अगाडी समाजमा काम गर्दै आउनुभएको छ ।

    सिफारिस
    लोकप्रिय