• जनज्योति प्रा.वि सेरामा वि.व्य.स र शिक्षक अभिभावक सघं गठन

    २०८० जेष्ठ १०, बुधबार २३:०९ मा प्रकाशित
  • गुल्मी । जनज्योति प्राथमिक विद्यालय मुसिकोट नगरपालिका ७ वामी सेरामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सघंको पुर्नगठन गरिएको छ ।

    विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष डिलाराम खरेलको अध्यक्षतामा बुधवार सम्पन्न अभिभावक भेलाले सालिकराम सापकोटाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति र गोविन्द रानाको अध्यक्षतामा शिक्षक अभिभावक सघंको पुर्नगठन गरेको हो ।

    नवगठित विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा नन्दकला खराल, सुक बहादुर राना, कालिका राना, सान्ति राना, पुजा चालिसे र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक सुमित्रा भण्डारी लगायत चयन हुनुभएको छ । त्यस्तै शिक्षक अभिभावक सघंको सदस्यहरुमा बेगमाया राना, पुजा वि.क, डिलाराम खराल, जीवलाल खराल लगायत रहनुभएको छ ।

    शिक्षिका पूणर्कला खरालको स्वागत मन्तव्य रहेको कार्यक्रममा मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत प्रकाश नेपालीको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा विद्यालयका अक्षयकोष दाता डिलाराम खरेल र बेदप्रसाद खरेललाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा जनजागरण प्रा.वि.का प्रधानाध्यापक खगराज गिरी, सालिकराम सापकोटा, नन्दकला खराल, कणर् बहादुर राना, शिक्षिका पवित्रा सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन शिक्षिका पुजा भुषाल रिजालले गर्नुभएको थियो ।

    सिफारिस
    लोकप्रिय