• लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेन : तीन जना मन्त्री नियुक्त हुन बाँकी

  • काठमाण्डौ – लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको तीन हप्ता बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा गएको साउन ९ गते नयाँ सरकार गठन भएको थियो । अहिले लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट चार तथा एमालेबाट चार गरी आठ जना मन्त्री छन् ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कूल १२ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा तीन जना मन्त्री नियुक्त हुन बाँकी नै छ । सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रिक्त छन् ।

    मुख्यमन्त्री आचार्य सरकारलाई पूर्णता दिने विषयमा कांग्रेस र अरू चार दलसँग निरन्तर छलफलमा हुनुहुन्छ । सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले तीन जना मन्त्री छिट्टै नियुक्त गरेर सरकारलाई पूर्णता दिने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी रहेका तीन मन्त्रालयमध्ये एउटा कांग्रेसलाई र दुई मन्त्रालय सरकारको समर्थनमा रहेका साना दललाई दिने तयारी छ ।

    कांग्रेसका लागि सामाजिक विकास मन्त्रालय दिने तयारी छ । अहिले सरकारमा चार मन्त्रालयसहित सहभागी भएको कांग्रेसको भागमा पाँच मन्त्रालय परेका थिए । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय