• शिक्षाका कर्मचारी सरुवामा नयाँ मापदण्ड : उत्कृष्टलाई सुगम र रोजेको ठाउँ

  • काठमाण्डौ – शिक्षा मन्त्रालयले मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीको कामको आधारमा सरुवा गर्ने गरी नयाँ मापदण्ड बनाएको छ । नयाँ मापदण्डअनुसार उत्कृष्ट काम गर्ने कर्मचारीलाई सुगम स्थान तथा रुचाएको ठाउँमा सरुवा, पदस्थापन वा काजमा खटाउन प्राथमिकता दिइनेछ ।

    अपाङ्गता भएका, दीर्घरोग भएका कर्मचारीलाई सुगम भौगोलिक स्थानमा पदस्थापना, सरुवा वा काजमा ल्याउन सकिने मापदण्डमा उल्लेख छ । सङ्घीय निजामती सेवामा रहेर जिल्लास्तरमा कार्यरत कर्मचारीलाई तोकिएको अवधि नपुगी केन्द्र स्तरमा सरुवा वा काजमा नल्याउने प्रावधान राखिएको छ । केन्द्रस्तरमा पाँच वर्ष अवधि कार्यरत कर्मचारीलाई जिल्लास्तरका कार्यालयमा सरुवा गर्ने मापदण्डमा उल्लेख छ ।

    एनओसी शाखामा एक वर्ष काम गरेका कर्मचारीले एक वर्ष काम गरेपछि रोजाईको आधारमा सरुवा गर्ने व्यवस्था पनि राखिएको छ । त्यस्तै सुरुको नियुक्क्ति वा बढुवा भएर आउने कर्मचारीलाई एनओसी, छात्रवृति र दुर्गम जिल्लामा पदस्थापन गर्ने प्रावधान नयाँ मापदण्डमा राखिएको छ । नयाँ मापदण्डअनुसार न्यूनतम तीन वर्ष सेवा अवधि पूरा भएका अधिकृतलाई इकाई प्रमुखमा खटाउने व्यवस्था छ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस