• प्रतिनिधि सभाको अवरोध हटाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री

  • काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा देखिएको अवरोध हटाउनका लागि राजनीतिक तहमा संवाद शुरु भएको र चाँडै समाधान हुने बताउनुभएको छ ।

    विराटनगरमा आज पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवाबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताउनुभएकाे हाे ।

    यस्तै सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् गृहमन्त्री रवि लामिछानेको विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने उहाँको भनाइ छ ।

    प्रचण्डले प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाएको आरोप पनि लगाउनुभयो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस