• मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडक खण्ड पहिरोले अवरुद्ध

  • सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी सडक खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। पहिरोका कारण गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभीर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेकाअनुसार खुर्कोटबाट पूर्वतर्फको सडक खण्ड अवरुद्ध हुँदा गाडी तथा यात्री अलपत्र परेका छन् । त्यस्तै गोलञ्जोर–१ कुडुलेमा प्र २–०३–००१ ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ ।

    सडक अवरुद्ध भएको ठाउँमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय