नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले राजनीतिक खेलाडीका लागि मन्त्री पद गौण हुने बताएका छन् । समाजवादीबाट मन्त्रीको आकांक्षीसमेत रहेका चौधरीले को मन्त्री बन्यो, को बनेन भन्ने मुख्य विषय नभएको बताए । एकीकृत समाजवादीबाट बन्ने मन्त्रीहरुको नाम प्रस्ताव गर्दा चौधरीको नाम परेको छैन ।
“दीर्घकालीन चेत राखेर राजनीतिको खुल्ला चौरमा प्रवेश गरेको राजनैतिक खेलाडिको लागि मन्त्री पद गौण विषय बन्न जान्छ” उनले सामाजिक संजालमा भनेका छन् ‘”सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ । कहिलेकाहिँ त्यो कम्बिनेसन नमिल्न नि सक्छ । आजको परिस्थिति यहि नै हो ।”
अन्तिममा उनको नाम मन्त्रीको सूचीबाट हटेकोतर्फ इंगित गर्दै उनले प्रतिनिधिसभाका सबै सदस्यले मन्त्री बन्ने कुराको चासो राख्नुपर्ने बताउँदै भने, “मन्त्री हुने कुरा – सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ। कहिलेकाँही त्यो कम्बिनेसन नमिल्न नि सक्छ। आजको परिस्थिति यही हो।”
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।