• प्राविधिक परीक्षणपछि बुद्धको एटीआर जहाज सञ्चालनमा

  • काठमाडाैं। प्राविधिक समस्याका कारण सोमबार आपत्कालीन अवतरण गरिएको बुद्धएयरको एटीआर ७२ जहाज प्राविधिक परीक्षणपछि आजबाट पुनः सञ्चालनमा आएको छ ।

    प्राविधिक समस्याका कारण इण्डिकेटरले काम नगर्दा जहाजले करीब दुई घण्टा आकाशमा फन्को लगाएको थियो ।

    सोमबार बिहान ७३ यात्रु लिएर काठमाडौँबाट विराटनगर विमानस्थल उडे पनि अवतरणका क्रममा रहेको उक्त जहाजको चक्का नखुलेपछि पुनः काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरिएको थियो ।

    नाइन एन एएनआइ कलसाइनको उक्त जहाजको प्राविधिक टोलीले मिहिन परीक्षण गरेको थियो । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा जहाजले मंगलबार बिहानैदेखि सेवा थालेको कम्पनीले जनाएको छ ।

    बहत्तर जना क्षमताको बुद्धको जहाजलाई प्राधिकरणको प्राविधिक टोलीले पनि परीक्षण गरेको थियो । जहाजमा प्राविधिक समस्या नरहेको बुद्धएयरले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय