• विवादपछि रोकियो अखिल क्रान्तिकारीको मतगणना

  • काठमाडौं । अखिल क्रान्तिकारीको मत गणनामा विवाद भएपछि रोकिएको छ । शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान भएको भन्दै उम्मेदवारका प्रतिनिधिहरूले विरोध गरेका छन् । निर्वाचनका लागि रातो साइनपेन राखिएको थियो । तर कालोले पनि मतदान गरेको पाइएपछि विवाद भएको हो । अध्यक्षका उम्मेदवार विजय सापकोटा पक्षले कालो मसीलाई मान्यता दिनुपर्ने भने पनि उपदेश यादव पक्षले असहमति जनाएको छ ।

    त्यसैले गर्दा राति अबेरदेखि मतगणना नभएको हो । विशेष प्रदेश, विश्वविद्यालय प्रदेश र मधेश प्रदेशमा क्रमशः २६४, २५८ र १९५ मत खसेको छ । मधेश प्रदेशमा आधा मत मतगणना भइसक्दा यादवको पक्षमा सर्वाधिक ३० मत परेको छ। अरु प्रदेशमा पछि परेका उपदेशले मधेश प्रदेशमा भने सबैभन्दा धेरै ७० मत पाएका छन् । यसैगरी अर्का प्रत्यासी विजयप्रकाश सापकोटाले ४१, हेमन्त राईले ४० र सुदिन पौडेलले १ मत पाएका छन् ।

    अहिलेसम्मको समग्र मतपरिणाम हेर्दा विजय र हेमन्तबीच प्रतिस्पर्धा भइरहेको छ । उपदेश तेस्रो र सुदिन पौडेल चौथो स्थानमा छन् । विजय प्रचण्ड निकट, हेमन्त जनार्दन शर्मा निकट, उपदेश नारायणकाजी श्रेष्ठ निकट र सुदिन वर्षमान पुन निकट मानिन्छन् । उनीहरुले अघोषित रुपमा प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय