काठमाडौँ । वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले नेकपा (एमाले)ले महत्वपूर्ण निर्णयहरु राति गर्ने गरेको भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन्।
पार्टी एकताका लागि गठित एमाले कार्यदलले आइतबार राति १० बजे १० बुँदे सहमति गरेकोप्रति व्यंग्या गर्दै लेखक संग्रौलाले एमालेको कार्यशैलीप्रति टिप्पणी गरेका हुन्।
‘एमालेमा जे पनि राति हुन्छ। ‘र’ प्रमुख सामन्त गोयल राति बालुवार पस्छन्। राष्ट्रपतिको संसद मार्ने आदेश राति जारी हुन्छ। ओम्नी-यतीसँग आदान-प्रदान राति हुन्छ,’ संग्रौलाले सोमबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘पद, प्रतिष्ठा र पैसा बाँडचुँड गर्ने एकताको १० बुँदे सहमति राति हुन्छ। र, माधव नेपालधरी झस्किँदै भन्छन् (रातारात १० बुँदे, यो के हो?’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।