• ओलीको प्रशंसा गर्दै प्रचण्डमाथि खनिए टोपबहादुर

  • काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग एकता गर्दा क्रान्तिकारी हुने र आफूहरुले केपी ओलीलाई नेता मान्दा कसरी गैरक्रान्तिकारी हुन्छ ?भन्दै प्रश्न गरेका छन् ।

    शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेताहरुको स्वार्थ, बनावटी र व्यक्तिगत लफडाको कारण तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेको दाबी गरे ।

    उनले भने, “एमाले र माओवादी तालमेल गर्दा नेकपाले झण्डै दुई तिहाई नजिक मत पायो । पार्टी एकता पनि गरियो । नेकपा बनायौं । नेताहरुको स्वार्थको कारणले बनावटी र व्यक्तिगत लफडा गरेर पार्टी विभाजनतिर गयो । हामी अन्तिसम्मपनि एकताको पक्षमा उभियौं । पार्टी फुटन नदिनको लागि अधितम प्रयास गर्यौं । तर, नेताहरुको व्यक्तिगत स्वार्थको कारणले नेकपा फुट्यो । हामी संस्थापन पक्षमै एक भएर उभियौं । हामीलाई अहिले गैरक्रान्तिकारी भनिएको छ । प्रचण्डले ओलीसँग एकता गर्दा क्रान्तिकारी हुने, अनि बादल र टोपबहादुरले ओलीलाई नेता मान्दा गैर क्रान्तिकारी हुन्छ ?”

    उनले माओवादी केन्द्रले एमालेसँग गएको चुनावमा तालमेल नगरेको भए अवस्था अत्यन्तै नाजुक हुन्थ्यो भन्ने पनि टिप्पणी गरे ।

    उनले भने, “माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि पहिलो संविधानसभाको चुनावमा पहिलो भयो । दोस्रो संविधानसभाको निर्वाचनमा तेस्रो भयो । यो भन्दा अघिको निर्वाचनमा माओवादी केन्द्र एक्लै लडेको भए हालत के हुन्थ्यो ? एमालेसँग तालमेल गरेकै कारण माओवादकिो अलि–अलि अस्तित्व रह्यो ।”

    उनले माओवादी केन्द्रमा विगत ३३ वर्षदेखि एउटै व्यक्ति नेतृत्वमा रहेको भन्दै प्रचण्डप्रति कडा आक्रोश पोखे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय