• साफ च्याम्पियनसिपको फाइनलमा नेपाल

  • माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरेको छ । २८ वर्ष लामो संघर्षपछि नेपालले पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।

    बुधबार भएको खेलमा बंगलादेशसँग भएको खेलमा १-१ को बराबरी नतिजा निकालेको नेपालले अंक तालिका अनुसार फाइनलमा प्रवेश पाएको हो ।

    खेलको सुरुवाति ९ मिनेटमा नै बंगलादेशका सुमन रेजले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम समय अर्थात् ८८ मिनेटमा बंगलादेशी खेलाडीले डिबक्स भित्र फल गर्दा नेपालले पेनाल्टीको अवसर पाएको थियो । उक्त अवसरलाई अन्जान बिष्टले गोलमा परिणत गरेका थिए ।

    खेलमा नेपालले सुरुवाती समयदेखि नै बललाई आफ्नो कब्जामा बनाइरहेको थियो । तर, धेरै अवसरलाई गोल गर्न सकेको थिएन ।

    बंगलादेशी गोलरक्षक रहमन जिकोले रेडकार्ड पाएर १० खेलाडीमा सिमित बनेको बंगलादेशमाथि नेपालले राम्रो फाइदा लिन सक्यो ।

    आज नै फाइनल प्रवेशको लागि मल्दिभ्स र भारतबीच खेल हुदैँछ । जसबाट फाइनल आइपुग्ने टिमसँग नेपालले उपाधिको लागि भिड्नेछ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय