• साफ च्याम्पियनसिप : फाइनलका लागि बंगलादेशसँग भिड्दै नेपाल

  • माल्दिभ्समा जारी साफ च्याम्पियन्सिपअन्तर्गत राउण्ड रोबिनको अन्तिम खेल आज नेपालले बंगलादेशविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार राति ४: ४५ मा माले रंगशालामा हुँदै छ । आज हुने दुई खेलले फाइनल पुग्ने दुई टोलीको तय हुनेछ ।

    नेपालले यसअघि आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले र श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दुई खेल जितेर उत्कृष्ट शुरुवात गरेको थियो भने भारतसँग १-० को हार बेहोरेको थियो ।

    ३-३ खेलमा समान ६ अंक भएका माल्दिभ्स शीर्षस्थानमा, नेपाल दोस्रो स्थानमा, भारत ५ अंकका साथ तेस्रो स्थानमा र बंगलादेश ४ अंकसहित चौथो स्थानमा रहेको छ । श्रीलंका भने ४ खेलमा केबल १ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

    नेपालले बंगलादेशसँग कम्तिमा बराबरी खेले मात्र पनि फाइनलमा पुग्ने छ । नेपाल पराजित भएमा भने प्रतियोगिताबाट बाहिरिने छ । तर बंगलादेशको भने जित्नै पर्ने अवस्था रहेको छ ।

    त्यस्तै भारत र माल्दिभ्स मध्ये भारतलाई जितले मात्र फाइनलमा पुर्याउने छ भने माल्दिभ्स कम्तिमा बराबरी खेलेमा मात्र पनि फाइनलमा पुग्ने छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय