प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
चालू अधिवेशन सुरु भएदेखिका सबै बैठकमा एमालेले अवरोध गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदको सूची प्रकाशित नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको हो । एमालेले आजको बैठक पनि अवरोध गर्ने बताएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय