हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले २४ असोजमा विश्वासको मत लिने भएकी छन् ।
विश्वासको मत लिन प्रदेश सरकारले असोज २४ गते दिउँसो ३ बजे प्रदेशसभाको नवौं (हिउँदे) अधिवेशन आह्वान गर्ने गरी प्रदेश प्रमुखसमक्ष सिफारिस निर्णय गरेको छ ।
शाक्यले २५ गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । १०९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वासको मत पाउँन ५५ सांसद चाहिन्छ ।
प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन्।
गठबन्धन बाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २/२ र एक जना स्वतन्त्र सांसद छन् । यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि बहुमत पुग्दैन।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।