• कम्युनिस्टहरूले देश चलाउन सकेनन् : रमेश लेखक

  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कम्युनिस्टहरूले देश चलाउन नसकेको बताएका छन् । कांग्रेस दोधारा/चाँदनी नगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता लेखकले एमालेले जनमतको उपेक्षा गरेर देश र जनतालाई धोका दिएको आरोप लगाए ।

    स्थिरता र विकासका लागि कांग्रेसको आवश्यकता भएको र लोकतान्त्रिक व्यवस्था जोगाउन कांग्रेसले सरकारको नेतृत्व गरेको लेखकको भनाइ थियो ।

    यसैबीच उक्त कार्यक्रममा ३०० जना कांग्रेसमा प्रवेश गरे । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राप्रपा परित्याग गरेर कांग्रेसमा प्रवेश गरेकाहरूलाई नेता लेखकले कांग्रेसको साधारण सदस्यता प्रदान गरेर स्वागत गरे । नेता लेखकले नवप्रवेशीलाई कुनै काखापाखा नगरी सम्मानजनक हिसाबले क्षमताअनुसार जिम्मेवारी दिने प्रतिबद्धता पनि जनाए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय