• अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

  • एजेन्सी। अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ ।

    पूर्व राष्ट्रपति अब्देलाजिज बौटेफ्लिकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।

    पूर्वप्रधानमन्त्री अहमद ओयुयाहीयालाई ६ वर्ष र अर्का पूर्वप्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई पाँच वर्ष जेल बस्नुपर्ने भनिएको छ।

    उनीहरुलाई सार्वजनिक शक्ति र सम्पत्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको लगायतका मुद्धा लगाइएको समाचारमा जनाइएको छ । सरकारी अधिकारीहरुका लागि राज्यले बनाउन लागेको आवासीय भवन बनाउने क्रममा अनियमितता गरेको विषयलाई मुख्य मुद्धा बनाइएको छ ।

    भवन बनाउने काममा प्रमुख हमिद मेल्जीलाई भने यसअघि नै पाँच वर्षको जेल सजाय तोकिएको छ । उनलाई भवन बनाउने क्रममा अनियमितता गरेर राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पारेको आरोप लगाइएको छ ।

    पूर्वप्रधानमन्त्री ओयुयाहीया सन् १९९५ देखि २०१९ सम्ममा पटकपटक गरेर चार पटक प्रधानमन्त्री बनेका थिए।

    त्यसैगरी अर्का पूर्व प्रधानमन्त्री सेल्लालले सन् २०१४ देखि २०१७ सम्म प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गरेका थिए ।

    उनी बौटेफ्लिकाको चार ओटै निर्वाचनको मुख्य व्यवस्थापक थिए । तत्कालीन राष्ट्रपति बौटेफ्लिकले गत सन् २०१९ मा राजीनामा दिएका थिए ।

    हप्तौंको आम नागरिकको आन्दोलन र सेनाको दवावका कारण उनले राजीनामा दिनु परेको थियो । उनले यही सेप्टेम्बर महिनामा ८४ वर्षको उमेरमा निधन भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय