• उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

  • एजेन्सी। उत्तर कोरियाले एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले पुनः क्षेप्यास्त्र हानेको जापानले बताएको हो ।

    जापान सरकारलाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको छ ।

    जापान सरकारका एक अधिकारीका अनुसार उत्तर कोरियाले क्षेप्यास्त्र हानेको छ र उक्त क्षेप्यास्त्र पानीमा खसेको अनुमान गरिएको छ ।

    जापानको एक आर्थिक क्षेत्रनजिकको समुद्रमा सो क्षेप्यास्त्र खसेको अनुमान गरिएको छ । तर पनि अहिले नै सो ब्यालेस्टिक क्षेप्यास्त्र कति टाढासम्म मार हान्न सक्ने क्षमताको हो भन्ने बारेमा भने केही बताइएको छैन ।

    क्षेप्यास्त्र परीक्षणको बारेमा उत्तरले भने प्रारम्भिक रुपमा कुनै जानकारी दिएको छैन । कोरियाले त्यो के कस्तो हो र यसको शक्ति कति हो भन्ने बारेमा उसले कुनै पुष्टि गरेको थिएन ।

    उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादशीय क्षेप्यास्त्र हानेको बताइएको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय