• इपिएल : काठमाडौं किङ्सको सुखद सुरुवात

  • एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटको उद्घाटन खेलमा काठमाडौं किङ्स इलेभेनले जित हात पारेको छ । साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले हराउँदै काठमाडौंले सुखद सुरुआत गरेको हो ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो ।

    जवाफी ब्याटिङ गरेको काठमाडौंको १४.२ ओभरमा ३ विकेट गुमाएर १६० रन बनाउँदै खेल जित्यो ।

    ललितपुरका लागि पवन सर्राफले ४४ बलमा ५ चौका र ४ छक्कासहित ६१ रन बनाए । यस्तै योगेन्द्र सिंह कार्कीले २० बलमा ३ छक्कासहित ३३ तथा शंकर रानाले १४ रन बनाए । भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले नटआउट १७ तथा नारायण जोशीले १२ रन बनाए ।

    काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन ब्रल र गुलशन झाले समान २/२ विकेट लिए । शाहिद अफ्रिदी र सन्दीप लामिछानेले भने कुनै विकेट लिन सकेनन् ।

    काठमाडौंका लागि रहमुतुल्लाह गुरबाजले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए । यस्तै, रायन बर्लले नटआउट ७३ रन बनाए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय