• आइपीएल : बैंगलोरमाथि कोलकाताको सहज जित

  • काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ । सोमबार भएको खेलमा कोलकाताले बैंगलोरलाई ९ विकेटले हराएको हो । शेख जायद स्टेडियममा बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकाताले १० ओभरमा पूरा गरेको हो ।

    कोलकाताका लागि सुभमन गिलले सर्वाधिक ४८ रन बनाए । त्यस्तै भेन्कटेस लेरले ४१ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि युजभेन्द्र चहालले १ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धातिर २० ओभरका सम्पूर्ण विकेट गुमाएर ९२ रन बनायो । बैंगलोरका लागि देबदत्त पाडिकलले सर्वाधिक २२ रन बनाए । त्यस्तै साकिर भर्टाले १६ रन बनाउँदा हर्सल पटेलले १२ रन जोडे ।

    बलिङतर्फ कोलकाताका लागि बरुन चक्रवर्ती र आन्द्रे रशलले समान तीन–तीन विकेट लिए । त्यस्तै लकी फर्गुसनले २ विकेट लिँदा प्रसिद कृष्णाले एक विकेट लिए ।जितसँगै कोलकाता ८ खेलबाट ६ अंक जोडेर अंक ताकिलाको पाँचौँ स्थानमा उक्लेको छ । पराजित बैंगलोर तालिकाको तेस्रो स्थानमा छ । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय