

कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यमा सुधार आएको छ ।
स्वास्थ्यमा सुधार आएसँगै पूर्वरानी कोमललाई आइसियूबाट साधारण बेडमा सारिएको छ ।
‘पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार भएसँगै उहाँलाई आइसियू बेडबाट साधारण वार्डमा सारिएको छ,’ उपचारमा संलग्न नर्भिक इन्टरनेसनल अस्पतालका डा. जेपी जैसवालले भने ।
जैसवालका अनुसार त्यो साधारण बेड नर्भिकमा रहेका बेडहरूको ‘स्पेसल क्याबिन’ हो । पूर्वराजा, पूर्वरानीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमण भएपछि नर्भिक अस्पताल भर्ना भएका थिए ।
पूर्वराजा शाह र अधिराजकुमारी प्रेरणाको स्वास्थ्य सामान्य छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय