प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारले प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरेको छ ।
एमाले सांसदहरूको नाराबाजीका बीच सभामुख अग्नि सापकोटाले विनियोजन विधेयक पारित भएको घोषणा गरेका हुन् । अर्थमन्त्री जनार्दन शर्माले गत भदौ २५ गते बसेको प्रतिनिधिसभाको बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए ।
सो विधेयक पारित गर्नुपूर्व सभामुख सापकोटाले मन्त्रालय, कार्यालय र सचिवालयगत खर्च शीर्षकमा छलफलका लागि नाम टिपाउनका लागि आग्रह गरेका थिए । विरोधको सूचना दर्ता गराएका नेमकिपाका सांसद प्रेम सुवालबाहेक अन्य सांसदहरुले नाम नटिपाएपछि सभामुखले अर्थमन्त्री शर्मालाई विनियोजन बजेट सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन समय दिएका थिए ।
आफ्नो दलले निष्कासन गरेका १४ सांसदहरूको पद सभामुख सापकोटाले रिक्त नगरेको विरोधमा एमालेले जारी संसद् अधिवेशनको पहिलो बैठकबाटै प्रतिनिधिसभामा नाराबाजी र अवरोध जारी राखेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।