• आइसीसी विश्व लिग–२: ओमानद्वारा नेपालसामू १२२ रनको लक्ष्य प्रस्तुत

  • काठमाडाैं। आइसीसी विश्व क्रिकेट लिग–२ मा ओमानले नेपालसामु १२२ रनको झिनो लक्ष्य पेस गरेको छ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाएर १२१ रनमात्रै बनाउन सक्यो । नेपाली बलरको धारिलो बलिङसामू ओमानका कुनै ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।

    ओमानका लागि जिसान मकसुदले ६६ बलमा १ छक्का र २ चाैकासहित सर्वाधिक ४१ रन बनाए भने जितेन्दर सिंहले १३, नसिम खुसीले १२ र कालिमुल्लाहले ११ रन बनाउनुबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

    नेपालका लागि सन्दीप लामिछानेले ८.१ ओभरमा १८ रन दिएर ४ विकेट लिए भने करण केसीले ८ ओभर बलिङ गर्दै २५ रन खर्चिएर ४ विकेट लिए।
    यस्तै शरद भेषावकरले २ विकेट हात पारे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस