• नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिसको आयोजनामा खुला व्यायाम प्रतियोगिता सम्पन्न

  • काठमाडाैँ । नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिस (एनवाइएफसी) बिराटनगरको आयोजनामा खुला व्यायाम प्रतियोगिता सम्पन्न भएको छ । ३० भन्दा धेरै बालबालिका सहभागी भएको प्रतियोगितामा बालकतर्फ दिक्सन खड्का पहिलो, सुनिल गिरि दोस्रो र किसन ऋषिदेव तेस्रो भए । त्यस्तै बालिकातर्फ दिक्षीका खड्का पहिलो, निशा मण्डल दोस्रो भए । दिक्षीका खड्का उत्कृष्ठ प्रदर्शनीको पुरस्कार पनि प्राप्त गरिन् ।

    एनवाइएफसी विराटनगरका संस्थापक अध्यक्ष सुमन बन्जराको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका १९ का वडा अध्यक्ष बद्रीनारायण सरदार र विशेष अतिथि प्रहरी चौकी घिनाघाट प्रमुख (महिला प्रहरी अधिकृत)चन्द्रा कुमारी चेम्जोङ रहेकी थिइन् ।

    बालबालिकाको व्यायमप्रतिको लगाब र उत्साहलाई थप मजबुत बनाउन प्रोत्साह स्वरुप बिजेताहरुलाई संस्थाको तर्फबाट प्रमाणपत्र, टिसर्ट तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।

    उक्त संस्थाले बालबालिका, युवा वर्ग र सम्पूर्ण जनसमुदायलाई शारीरिक तथा मानसिक स्वास्थप्रती जागरुक र सृजनात्मक बनाउनकनिमित्त प्रशिक्षण टिमद्वारा दैनिकरुपमा विराटनगर–१९ स्थित वैष्णवी दुर्गा मन्दीर परिसरमा निःशुल्क व्यायाम कक्ष संचालन गरिरहेको र आगामी दिनहरूमा पनि व्यायामसंग सम्बन्धित थुप्रै प्रतियोगिता, वर्कसपहरु आयोजना गर्ने संस्थाका संस्थापक अध्यक्ष सुमन बन्जाराले जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय