![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/09/Police.jpg)
काठमाडौं । काेटेश्वर ट्राफिक र मनाेहरा सरफाई तथा सम्पदा बचाउ नागरिक अभियानले सरसफाइ कार्यक्रम गरेकाे छ ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग काेटेश्वरका प्रमुख रामकृष्ण देवकोटाकाे संयाेजनमा सरसफाइ गरिएकाे हाे ।
सडकको चोकमा उभिएर सधैं जसो हात हल्लाउँदै, सिटी फुक्दै सवारीसाधन आवतजावतमा सहजीकरण गर्ने ट्राफिकहरु सरसफाइमा पनि निरन्तर जुर्दै आई रहेका छन् ।
ट्राफिकका अधिकृतदेखि जवानसम्म र स्थानीय युवा युवतीहरुको सहभागिमा कोटेश्वर,जडिबुटी र बालकुमारी क्षेत्रमा सरसफाइ गरेका हुन्।
प्रहरी निरीक्षक देवकोटाले भने, ‘हामीले सामुदायिक प्रहरी साझेदारी अन्तर्गत समाजमा जनचेतनामूलकदेखि समाजमा प्रत्यक्ष गएर यस्ता गतिविधि सञ्चालन गरिरहेका छाैं, काेभिडबाट सुरक्षित हुन विभिन्न चरणकाे अभियान महाशाखाकै निर्देशनमा हुने गर्दछ।’
सो समयमा तपाईंको मास्क खोई ? लगायतका जनचेतनामूलक कार्यक्रम पनि गरिएको थियो । काेटेश्वर ट्राफिकले यात्रु जनचेतना अभियान,बढी भाडा, स्ट्रिकर टास अभियान र काेभिड १९ लाई लक्षित जनमुखी अभियान यति खेर प्रशंसनीय रहेकाे स्थानीयहरू बताउँछन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)