• यी प्रदेशमा भारी र धेरै भारी वर्षा हुने

  • काठमाडाैँ । मनसुनी वायुका कारण नेपालमा केही दिन यता लगातार वर्षा भइरहेकाे छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले वर्षा भइरहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

    शनिबार बिहान सातवटै प्रदेशका केही- केही स्थानमा वर्षा भइरहेको छ। शनिबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा भारी/धेरै भारी र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

    राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

    आइतबार प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी/धेरै भारी वर्षाकाे आँकलन गरिएकाे छ। राति मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ।

    साेमबार दिउँसाे प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका प्रदेशका एक-दुई स्थानमा भारी/धेरै भारी सम्भावना छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय