![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/joe-biden.jpg)
एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेले अफगानिस्तानमा अमेरिकी नागरिकमाथि हमला भएमा त्यसको नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन्।
उनले तालिबानलाई अमेरिकी सैनिकमाथि हमला भएमा वा अमेरिकी अभियानमा अवरोध गरेमा त्यसको तत्कालै जवाफ दिने स्पष्ट पारेको उनले जानकारी दिए ।
उनले भने, ‘आवश्यक परेमा अमेरिकाले आफ्नो पुरै शक्तिका साथ आफ्ना नागरिकको रक्षा गर्नेछ।’
उनले आफू अफगानिस्तानको युद्धबाट सिर्जित संकटको सामना गर्ने अमेरिकाको चौथो राष्ट्रपति भएको भन्दै यसभन्दा पछिका राष्ट्रपतिसम्म पुग्न नदिने बाचा समेत गरेका छन् ।
उनले अफगानिस्तानको अहिलेको अवस्थाप्रति आफूलाई दुःख लागेको तर अमेरिकी सेना फिर्ता गर्ने निर्णयमा कुनै पछुतो नरहेको समेत उनले बताएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)