• तालिबानले भन्यो– देशमा स्थिरता र शान्ति कायम गर्छाैं

  • एजेन्सी। हिंसात्मक विद्रोह हुँदै अफगानिस्तानमाथि कब्जा जमाएकाे तालिबानले देशमा ‘स्थिरता र शान्ति’ कायम गर्ने प्रतिबद्धता जनाएको छ।

    तालिबानका उपनेता तथा राजनीतिक प्रमुख मुल्लाह अब्दुल गनी बरादरले भिडियो सन्देश जारी गर्दै अफगानिस्तानका नागरिकको सेवा गर्ने र उनीहरुको जीवनस्तर सुधार गर्ने प्रमुख जिम्मेवारी रहेको बताएका छन्।

    तालिबानले आइतबार अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएको थियो। त्यसको भोलिपल्टै भिडियो सन्देश सार्वजनिक गर्दै तालिबान नेताले जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

    बरादरले भिडियो सन्देशमा भनेका छन्, ‘अब परीक्षणको समय हो, हामीले हाम्रो देशलाई सेवा प्रदान गर्ने छौँ, हामी पूरै देशमा स्थिरता ल्याउने छौँ, नागरिकको जीवन सक्दो सहज र समृद्ध बनाउन काम गर्ने छौँ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय