• अफगानिस्तानमा रहेका नेपालीको उद्धार सरकारले गर्छ : प्रधानमन्त्री

  • संकटग्रस्त देश अफगानिस्तानमा रहेका नेपालीको उद्धार सरकारले गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।

    अफगानिस्तानमा नेपालीको स्थिति बुझ्न आइतबारै निर्देशन दिइसकेको बताउँदै उनले तत्काल उद्धारको पहल गरिने बताएका हुन् ।

    सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु ।´

    अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा र उद्धारको दायित्व नेपाल सरकारको रहेको उनको भनाइ छ । ‘सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो,’ उनले भनेका छन्, ‘सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’

    
    
    

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय