![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/08/Pakistan-Embassy.jpg)
काठमाडौं । अफगानिस्तानको विद्रोही समूह तालिबानले ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने तयारी गरेको छ । आइतबार बिहान मात्रै काबुल प्रवेश गरेको तालिबानले आफू नेतृत्वको नयाँ सत्ता घोषणा गर्न लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
समाचार संस्था गार्डेनले तालिबानी स्रोतलाई उल्लेख गदै चाँडै तालिबानले ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्न लागेको जनाएको छ । समाचारमा तालिबानले राष्ट्रपती निवास (प्रेसिडेन्सियल प्यालेस) बाटै त्यसको घोषणा गर्ने तयारी गरेको उल्लेख छ ।
तालिबानी लडाकुहरू राजधानी काबुल प्रवेश गरेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार साँझ देश छोडेका थिए । राष्ट्रपति घानी काजिकिस्तानका लागि उडेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
पछिल्लो समय अमेरिकाले अफगानिस्तानको युद्धबाट पछि हटेपछि तालिबान बलियो बनेको हो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)