• गृहमन्त्री खाणसँग चिनियाँ राजदूतले गरिन् भेटवार्ता

  • काठमाडौं। गृहमन्त्री बालकृष्ण खाण र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।

    सिंहदरवारस्थित गृह मन्त्रालयमा राजदूत यान्छीले गृहमन्त्री खाणसँग भेट गरेकी हुन्।

    भेटमा यान्छीले सरकारको सफलताको शुभकामना दिँदै नेपाल-चीन मित्रतालाई थप उचाइमा पुर्‍याउन चाहेको उल्लेख गरेकी थिइन्।

    गृहमन्त्री खाणले चीन सरकारले नेपाललाइ कोरोनाविरूद्धको खोप उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरेका थिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय