• भोलिदेखि कोभिसिल्ड लगाएकालाई दोस्रो डोज अस्ट्राजनेका खोप

  • पहिलो मात्रा कोभिसिल्ड लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका १४ लाख नागरिकलाई भोलिदेखि अस्ट्राजनेकाको खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले जानकारी दिएको छ । दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेर समूहका करिब १४ लाख जना नागरिकलाई अस्ट्राजेनेकाको खोप दिन लागिएको हो ।

    साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप अभियान सुरू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोख्रेलले जनाएका छन् । उनका अनुसार कोभिसिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतीक्षामा रहेकालाई अस्ट्राजेनेका खोपको दोस्रो मात्रा दिने तयारी छ ।

    दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने विभागले जनाएको छ । वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मिर्गौलाले काम नगरी डायलासिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जानकारी दिएको छ ।

    भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत अस्ट्राजेनेका खोप प्राप्त भएको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस