• काठमाडौं महानगरले निकाल्यो कर नबुझाउने ५२ करदाताको नाममा ३० दिने सूचना

  • काठमाडौं महानगरपालिकाले समयमै नतिर्ने ५२ करदाताको नाममा सार्वजनिक सूचना निकालेको छ । महानगरपालिकालाई तिर्नुपर्ने घरजग्गा/सम्पत्ति कर पटक पटक पत्राचार गर्दासमेत बुझाउन अटेरी गरेपछि महानगरपालिकाले आइतबार सार्वजनिक सूचना गरी ताकेता गरेको हो ।

    कर नतिरेका करदातालाई महानगरको राजश्व समितिमा सम्पर्क गरेर करसहित जरिवाना बुझाउन भनिएको छ ।३० दिनभित्र कर नबुझाएमा सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुलउपर गर्न कानुनी प्रक्रिया अगाडि बढाउने पनि सूचनामा उल्लेख गरिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय