• अब खोप लगाएको प्रमाणीकरण जिल्ला अस्पतालबाटै

  • कोरोना भाइरसविरुद्ध खोप लगाएको प्रमाणीकरण जिल्ला अस्पतालमै हुने भएको छ । विदेश जाने मजदुर तथा विद्यार्थीलाई काठमाडौंमा खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणीकरण गर्ने व्यवस्था गरेको हो ।

    बुधबार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले ७७ वटै जिल्लालाई पत्र पठाएर त्यहिँबाट खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएका हुन् । स्वास्थ्य विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पठाएको पत्रमा स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार जिल्लाबाटै प्रमाणपत्र प्रदान गर्न भनिएको छ । खोप लगाएको कार्ड ल्याउने व्यक्तिलाई प्रमाणीकरण गर्न पनि परिपत्रमा उल्लेख गरिएको छ ।

    यसका लागि सरकारले ५० भन्दा बढी शय्या भएका सरकारी अस्पतालले प्रमाणिकरण गर्नसक्ने व्यवस्था गरेको छ । खोप लगाएको प्रमाणपत्र दिँदा शुल्क नलिन पनि स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस