

काठमाडौं। पछिल्लो समयमा विभाजित अवस्थामा रहेको नेकपा एमालेले ९ वटा विभाग गठन गरेको छ। पार्टी स्थायी कमिटीको सोमबारको बैठकले संगठन, स्कुलसहितका विभिन्न विभाग बनाएको हो ।
प्रवक्ता प्रदीप ज्ञवालीले संगठन विभागको प्रमुख उपमहासचिव विष्णु पौडेल, संसदीय विभागको प्रमुखमा उपनेता सुवास नेम्वाङ, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन प्रवर्द्धन विभाग प्रमुखमा भानुभक्त ढकाल रहेको जानकारी दिए।
यस्तै स्कुल विभाग प्रमुखमा अध्यक्ष केपी शर्मा ओली छन् भने विदेश विभाग प्रमुखमा डा.राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नि खरेल र स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
