• रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डेः जसले भविष्य देखाउन सक्दैन, उसले भूत देख्छ

  • काठमाडौँ । आफ्ना अध्यक्ष रवीन्द्र मिश्रको हालै सार्वजनिक दस्तावेजविरुद्ध विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले निरन्त प्रहार गरिरहेका छन्।

    अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रहको अवधारणा सार्वजनिक गर्नासाथ विमति जनाएका संयोजक पाण्डेले यसविरुद्ध निरन्तर लेखिरहेका छन्।

    यस क्रममा आज सोमबार बिहानै पनि उनले सामाजिक सञ्जालमार्फत मिश्रको विचारविरुद्ध अर्को प्रहार गरेका हुन्।

    नाम नलिईकन उनले अध्यक्ष मिश्रको विचारलाई ‘भूतको त्रास’को संज्ञा दिएका छन्। आफ्नो पार्टी भूतको त्रासको राजनीति होइन, भविष्यको आशा देखाउने राजनीति गर्ने पार्टी भएको उनको भनाइ छ।

    ‘नयाँ बिहानी, नयाँ संकल्प ः जसले भविष्य देखाउन सक्दैन। उसले विगतको भूत देख्छ। आफू तर्सिन्छ। अरूलाई तर्साउँछ,’ संयोजक पाण्डेले लेखेका छन्, ‘प्रिय साथीहरू, वैकल्पिक राजनीति भूतको त्रासको राजनीति होइन। यो त भविष्यको आशा देखाउने राजनीति हो। यो त सम्भावनाको राजनीति हो।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस