• महन्थ ठाकुरको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • काठमाडाैं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले हालेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

    केन्द्रीय कार्यकारिणी समितिका सदस्यको सनाखत गराएर बहुमत पक्षलाइ पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरूद्ध ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

    न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ भने निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ।

    निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा
    सोमबार (साउन ११) गते सबै कार्यकारिणी समिति सदस्यलाई उपस्थित हुन आदेश दिएको छ। तर निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दिएका थिए।

    ‘निर्वाचन आयोगजस्तो संवैधानिक अंगले खुल्ला इजलासमा बहस पैरवी छलफलसमेत गराई गरेको निर्णयलाई रिट निवेदकको माग बमोजिम तत्काल अन्तरिम आदेशबाट कार्यान्वयन हुन रोक्नका लागि निर्णयकर्ता र विवादको अर्को पक्षसमेतलाई छलफलमा राखी उक्त निर्णयमा apparent error of law छ वा छैन ? रिट निवेदकलाई उक्त निणएयले अपुरणीय क्षति पुगेको छ छैन भन्ने सम्बन्धमा निर्णय हुनु संवैधानिक मर्यादासमेतको दृष्टिकोणले उपयुक्त हुने देखिएको’ सर्वोच्चको आदेशमा उल्लेख छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय