काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले आफू महन्थ ठाकुरतिरै रहने बताएका छन्। शनिबार जसपाको महन्थ ठाकुरराजेन्द्र महतो पक्षको कार्यकारिणी समिति सदस्य र सांसद्हरुको बैठकमा सहभागी भएका उनले यही समूहमा रहने प्रतिबद्धता व्यक्त गरेको एक नेताले जानकारी दिए।
‘पार्टी विभाजन भएको अवस्थामा म यतै (ठाकुर–महतो) हुन्छु’, ठाकुरको भनाइ उद्धृत गर्दै उनले भने, ‘उपेन्द्र यादवतिर जान्नँ।’
यादव पार्टी विवादमा ठाकुर(महतोतिरै छन्। सोही पक्षबाट उनी केपी ओली नेतृत्वको सरकारमा पनि सहभागी भएका थिए। तर, पार्टी विभाजन हुने स्थितिमा उनी उपेन्द्र यादवतिर जाने आकलन गर्न थालिएको थियो।
निर्वाचन आयोगले ११ गते जसपाका कार्यकारिणी सदस्यहरुलाई निर्वाचन आयोगमा उपस्थित हुन भनेको छ।
पार्टी विवाद हुनुअघिको कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षको बहुमत भएकाले सोही पक्षले आधिकारिता पाउने आकलन गरिएको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।