काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा प्रधानमन्त्री देउवा आफ्नो कुर्सीमा नबसी अन्य नेताहरुसँगै सोफामा बसेका छन् ।
उनले अन्य नेताहरु सरह सोफामा बस्नुलाई प्रधानमन्त्रीका रुपमा भन्दा पनि अन्य नेता सरह प्रस्तुत गर्न खोजेको रुपमा हेरिएको छ।
बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।
बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले ३ साउनमा नै विश्वासको मत लिए पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार बिहान प्रधानमन्त्री देउवा र नेकपा एमालेका नेता नेपालसँग भेट गरेका थिए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।