• प्रधानमन्त्रीलाई ढाका भ्रमणको निम्तो, सहयोगका नयाँ क्षेत्रमा साझेदारीका लागि प्रस्ताव

  • काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा पाँचौपटक नियुक्त भएकामा बंगलादेशका प्रधानमन्त्री शेखहसिनाले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेकी छन्। उनले ढाका भ्रमणका निम्ति आमन्त्रण गर्दै सहयोगका नयाँ क्षेत्रमा साझेदारीको प्रस्ताव गरेकी छन्।

    प्रधानमन्त्री देउवालाई पठाएको बधाई सन्देशमा बंगलादेशी प्रधानमन्त्रीले संसद्मा देउवालाई प्राप्त अत्यधिक मत नेपाली जनता र नेपालको राजनीतिक नेतृत्वले गरेको उनीमाथि गरेको विश्वास र भरोसाको प्रमाण भएको बताएकी छन्।

    निकटको छिमेकीको नाताले बंगलादेश र नेपालबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले सन्देशमा त्यो सम्बन्ध बहुसमानता र एकअर्कालाई जोड्ने साझा सम्पर्कमा आधारित रहेको उल्लेख गरेकी छन्।

    बंगलादेश र नेपालबीच विविध क्षेत्रमा विद्यमान सहयोगलाई प्रधानमन्त्री देउवाको सक्षम नेतृत्वमा अझ सुदृढ तुल्याउन तथा उपयोग नगरिएका सहयोगका सम्भावित क्षेत्र पहिचान गरी द्विपक्षीय सहयोग एवम् सहकार्य घनिभूत हुने विश्वास व्यक्त गरेकी छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय