काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र कोही पनि अपमानित भएर बस्न नसक्ने बताएका छन्।
उनले पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताउँदै एमालेभित्र पछिल्लो समयमा नेता नेपालसहितका वरिष्ठ नेताहरूमाथि भइरहेको अपमानप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रममा नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई सही दिशा दिएर क्रान्तिकारी र बलियो पार्टी बनाउन चाहेको बताए।
उनले एमाले क्रान्तिकारी पार्टीका रूपमा अगाडि बढोस् भन्ने चाहेको उल्लेख गर्दै त्यो स्वरुपमा अगाडि बढ्छ कि बढ्दैन, पर्खेर हेरिरहेको बताए।
उनले एमाले क्रान्तिकारी रुपमा अगाडि बढोस, सुध्रियोस रुपान्तरित होस भन्ने चाहेको उल्लेख गर्दै भने, ‘आफूले बनाएको घरबाट त्यत्तिकै को बाहिर निस्कन चाहन्छ? तर अपमान सहेर कोही पनि बस्दैन।’
गलत कुरालाई स्वीकार गरेर शिर निहुर्याएर बस्नु दास हुनु भएको भन्उदै उनले अरुको अपमान गर्ने मान्छेले समाजको अपमान गर्ने भएकाले त्यस्था कु सन्तानलाई निरुत्साहित गर्नुपर्ने बताए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।