• नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी गुरुङ निर्वाचित

  • काठमाडाैँ ।  नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी गुरुङ निर्वाचित भएका छन् । समितिको १२ औं अधिवेशनबाट ९७ मतसहित गुरुङ सभापतिमा निर्वाचित भएका हुन् ।

    जन्मथलो पर्वत भएका गुरुङले उनका निकटतम प्रतिस्पर्धी गोविन्द रानालाई पछि पारेका थिए ।सभापतिमा निर्वाचित गुरुङ यसअघि २ कार्यकाल उपसभापति रहेका थिए । कांग्रेसको महासमिति सदस्य समेत रहेका गुरुङ कांग्रेस सभापति शेरबहादुर देउवा र बालकृष्ण खाण निकट मानिन्छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय