कोरोनाको दोस्रो लहर सुरु हुँदा पनि केही फिल्म भने छायांकनरत छन् । सोमबारबाट फिल्म ‘प्रेमगन्ज’को पनि छायांकन सुरु भएको छ । अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहने यस फिल्मको छायांकन काभ्रेबाट सुरु भएको हो ।
‘चौतारी’को ब्यानरमा निर्माण हुन लागेका फिल्मलाई ४० दिन खिच्ने सेड्युल बनेको छ । फिल्मलाई काभ्रे र काठमाडौंमा खिचिनेछ ।
फिल्ममा बेनिशासँगै तेज गिरी, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल लगायतको मुख्य भूमिका रहने छ । परिच्छेद सेनले निर्देशन गर्ने फिल्मलाई संजय लामाले खिचिरहेका छन् ।
राजु फुयाँलको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय