• पाल्पामा”तानसेन स्केट पार्क” सञ्चालनमा

  • पाल्पा जिल्लाकाे सदरमुकाम तानसेनमा स्केट पार्क सञ्चालनमा आएको छ । जिल्लाकाे तानसेन नगरपालिका वडा न ३ मा निर्माण भएको ‘तानसेन स्केट पार्क’ को वडा न ३ का  वडाअध्यक्ष बाबू रत्न शाक्यले शुभारम्भ गरेका हुन् ।

    युवाहरु मिलेर बि.एन.सी. ग्रुपले सञ्चालनमा ल्याएको ‘तानसेन स्केट पार्क’ ८ औैं शाखा हो । यस अघि ग्रुपले नेपालका विभिन्न ठाउँमा स्केट पार्क सञ्चालनमा ल्याएको छ । पार्कको शुभारम्भ गर्दै वडा अध्यक्ष शाक्यले स्केट पार्कले खेल क्षेत्रमा नयाँ उत्साह ल्याउने बताए । पछिल्लो समयमा बालबालिकाहरु मोबाइलको लतमा फस्दै गएकाले यस खेलले आकर्षण गर्ने वडा अध्यक्ष शाक्यले बताए । साना बालबालिका देखि जुनसुकै उमेर समुहका स्केट खेल खेल्न सक्नेछन् । करिब ३५ लाखको लागनीमा निर्माण भएको स्केट पार्कमा एकै पटकमा ५० जनासम्म खेल्न मिल्ने बि.एन.सी. ग्रुपका सञ्चालक चन्द्रकान्त भट्टराईले बताए । खेलले स्वास्थ्य र अनुशासीत रहन मद्दत गर्ने भएकाले खेल खेल्नु आबश्यक रहेको सञ्चालन भट्टराईको भनाइ छ । 

    सञ्चालन अमृत कुमार भट्टराईले खेलले किशाेर किशाेरी तथा बालबालिकाहरूलाई शारीरिक र मानसिक रूपमा स्वस्च्छ बनाउन सहयोग गर्ने बताए । पाल्पाको सदरमुकाममा शुरूवात गरिएकाे याे ८ औं शाखा रहेको बताए । तानसेन स्केट पार्क विहान ९ बजे देखि बेलुकी ९ बजे सम्म खुल्ले बताए । सो पार्कमा खेल्नका लागि प्रतिघण्टा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको सञ्चालक भट्टराईले जानकारी दिए ।

    स्थानीय सुनिता थैवले पाल्पाको सदरमुकाम तानसेनमा स्केट पार्क सञ्चालनमा आउनु खुशीकाे कुरा रहेको बताइन । पछिल्लो समयमा बालबालिकाहरु मोबाइलको लतमा फस्दै गएकाले यस खेलले आकर्षण गर्ने बताइन । खेलले शारीरिक र मानसिक विकासमा पनि उत्तिकै महाेत्व राख्ने हुदाँ स्केट खेल खेल्नु आवश्यक रहेको बताइन । गुड्ने चक्का सहितको जुत्ता लगाएर दाैड्ने हिडने खेललाई स्केट खेल भनिन्छ । बिदेसी मुलुकमा लोकप्रिय बनेको खेल नेपालमा पनि लोकप्रिय बन्न थालेको छ । स्केट पार्क खेलले मनोरञ्जनका साथै शारारिक तथा मानसिक रुपमा स्वास्थ्य रहन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय